काहानी होइन जिन्दगानी | Part 1| Sikha Sharma

0
334

यो केवल मेरो काहानी होइन जिन्दगानी हो,
बाल्यकालमा बसेको प्रेम तिम्रो अनि मेरो वा भनौँ बाल्य अवस्थामै पनि मेरो एक तर्फि प्रेम। सायद त्यस बखत हामी दुवै कक्षा ३ मा पढ्थ्यौ। साच्चै भन्नु पर्दा मेरो बाल मनो विज्ञानले प्रेमको अर्थ पनि बुझेको थिएन, तिम्रो मुस्कान असाध्यै मन पर्थ्यो, तिम्रा मिलेका दात पनि मन पर्थे, तिमीले अाफ्नो कपाल दुई चुल्ठी बाटेको झनै मन पर्थ्यो, भनौ न मलाई तिमी असाध्यै मन पर्थ्यौ। म बच्चै बाट अलिक लजालु स्वभावको त्यसैले होला मनको कुरा कहिल्यै खोल्नै सकिन। तिमी सँग अाँखा जुधाएर बोल्दा पनि कतै तिमीले मेरो मनको कुरा पढी पो हाल्छौ की भन्ने डरले तिमीसगँ नजरहरू बचाउँथे। भनिन्छनी धेरै जसो प्रेम काहानीको सुरूवात स्कुले दिनहरू बाट हुने गर्छन। स्कुलमा हुँदा साथी र शिक्षकहरू बाट अाँखा छली छली तिमीलाई नियाल्थे, घर फर्किए पछि पनि यो मनले हरबखत तिम्रौ अाकृती कोरी रहन्थ्यो, मेरो मन मुटुले सधै तिमी समिप हुनुको अाभाष दिलाउँथ्यो।

याद छ तिमीलाई हाम्रो कक्षा ६ को त्यो अन्तिम दिन तिमीले म्याथको हिसाब गर्न भनि मेरो कलम लगेकी थियौ, तिमीले लेखेर फिर्ता दिएको त्यो कलम अझै पनि सुरक्षित छ मेरो अलमारीमा। दिन बित्दै गयो, समय बद्लिदै गयो, तिमीलाई हेरेर न त मेरा नजर थाके न त तिमीलाई माया गरेर मेरो मन नै। मैले तिमी प्रतिको अाफ्नो माया लाई धेरै प्रयत्न गरे मन भित्रै दबाउने, तर अँह साथीहरूको नजर बाट बचेन मेरो प्रेम। न भन न भन भन्दा भन्दै एउटा साथीले तिम्रो सामु गएर फुत्काई हाल्यो अमन ले तिमीलाई असाध्यै माया गर्छ। जवाफ सोचे जस्तै अायो म अमन लाई साथी मात्र सम्झन्छु। मैले केही बोलिन भन्नै पर्दा म सगँ कुनै शब्दहरू बाकी नै थिएन्न, स्तबध भए म। मेरो ३ कक्षा देखीको प्रेम कक्षा ७ सम्म पुग्दा, सिसा चर्किएर फुटे सरि लथालिङ्ग भयो। तिमी मेरी थिईनै त्यही पनि तिमीलाई अाफ्नो बनाउछु भन्ने झिनो अाशा थियो मनमा। मैलै धेरै प्रयास गरे तिमीलाई मन मस्तिसक बाट हटाउने तर जब जब तिमी सामु अाउथ्यौ नि मेरो तिमी प्रतिको माया अझ बढ्दै जान्थ्यो। स्कुलमा अरू राम्री राम्री केटीहरू पनि नअाएका होइन्न, तिमी लाई भुली अरूलाई नियाल्न खोज्दा पनि मेरा नजरहरू तिमी मै अडिन्थे, अरूको बारेमा सोच्न पनि मलाई यो मनले तय्सबखत इजाज्त दिएन। १ वर्ष २ वर्ष गर्दै स्कुलका दिनहरू बित्दै गए, हामी दुवै जवान हुदै गयौ। हामी दुवैमा धेरै परिवर्तन हरू अाए यथावत रह्यो त केवल मेरो प्रेम।

कक्षा १० को परीक्षा सक्किनै लाग्या थियो, सबै साथीहरूले गिज्जयाउन थाले यत्रो ८ वर्ष भयो माया गरेको त्यनी केही भन्न सकेको छैन यसले। यो वाक्य सुन्दा मन नै भारि भएर अायो, अाफ्नो जीवनमा ऊ बाहेक अरू कसै लाई सोच्न पनि सकिन। हामी कक्षा १०मा होस्टल बस्थ्यौ, भोली अन्तिम परीक्षा थियो मेरो मनमा चिसो पस्यो अाज भनिन भने त जिन्दगी भरि यही कुराको पछुतो रहनेछ। ऊ कक्षा कोठामा बसेर अकाउन्टको हिसाब गर्दै थिई, म हिम्मत जुटाएर उसको अगाडि उभिए। डरले हात गोडा भारी भए, अोठ सुक्यो अनि म कालो निलो भए, बोलि पनि प्रस्ट थिएन कापे कै स्वरम भने कृती म तिमीलाई असाध्यै माया गर्छु, यो माया १/२ दिनको होइन वर्षौ वर्षको हो यत्ति भनिसक्दा मेरा अाखाहरू रसाई सकेका थिए। उसले मन्द मुस्कानको साथमा जवाफ दिई म पनि तिमी लाई माया गर्छु। अब चाहि साच्चिकै नसोचेको उत्तर पाए, खुसीको ठेगान थिएन । मेरो ८ बर्षको प्रेम सफल भयो, मेरो धैर्यताबाट सायद उसलाई मेरो साचो प्रेमको अाभास भयो। त्यो दिन मलाई अाफू संसार कै सबै भन्दा भाग्यमानि लाग्यो । मैले अाफ्नो प्रेम पाएको थिए, लाग्थ्यो यही नै हो जिन्दगीको सबैभन्दा ठूलो प्राप्ति, मेरो पहिलो प्रेम।

By Sikha Sharma

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here